दफा ६५०
सम्पत्ति जिम्मा लिनेले हेरविचार वा व्यवस्थापन गर्नुपर्नेः

(१) कसैले कसैको सम्पत्ति हेरविचार वा व्यवस्थापन गर्न कुनै किसिमले जिम्मा लिएकोमा निजले असल नियतले आफ्नो सम्पत्ति सरह हेरविचार वा व्यवस्थापन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जिम्मा लिएको सम्पत्ति जिम्मा लिने व्यक्तिले बदनियत चिताई लापरवाहीबाट हानि, नोक्सानी गरेमा निजले त्यसको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।